घर बनाउँदा किन प्रयोग गर्ने मार्बल ?

न्युजलय २९ फाल्गुण २०७९, सोमबार ०३:३९ मा प्रकाशित

इटहरी । ७०० वर्षअघि शाहजाहले आफ्नी रानी मुमताजको सम्झनामा आगरा भन्ने ठाउँमा बनाएका थिए, ताजमहल । सेतो मार्बलको प्रयोग गरेर बनाइएको ताजमहलको चमक आज पनि उस्तै छ । ताजमहल वर्षौंसम्म पनि उस्तै बलियो र आकर्षक रहनुको एउटै कारण ताजमहलमा प्रयोग गरिएको मार्बल नै हो ।

मार्बल एक प्रकारको चम्किलो ढुंगा हो । यो आकर्षकका साथै टिकाउ हुन्छ । त्यसैले त्यो बेलादेखि सभ्रान्त वर्गका घर, भवनहरुमा मार्बलको प्रयोग अनिवार्यजस्तै बनेको छ । त्यसका साथै ठूलो लागत र परियोजनाका र दीर्घकालसम्म टिकोस् भन्ने उद्देश्यले बनाइएका सार्वजनिक भवनहरुमासमेत मार्बलको प्रयोग गरिने राजस्थान मार्बल एण्ड टायल्सका सञ्चालक बलदेव चौधरीले जानकारी दिएका छन् । 

‘घरलाई आकर्षक, बलियो बनाउनका लागि मार्बल लगाउने चलन छ,’ उनी भन्छन्, ‘सामान्य प्लास्टर गरिएको भुई भन्दा मार्बल लगाइएको भुई हतपत नफुट्ने र वर्षौं उस्तै रहने गर्छ ।’ त्यसैले मार्बल तथा ग्रेनाइट्सको महत्व थाहा पाएका घरधनीहरुले अन्य खर्च कटौती गरेरै भएपनि घरमा मार्बल र ग्रेनाइट्सको प्रयोग गर्ने उनको अनुभव छ ।

चौधरीको परिवारले लामो समयदेखि मार्बल तथा ग्रेनाइट्सको व्यवशाय गरिरहेको छ । राजस्थानबाट ल्याइने मार्बल र ग्रेनाइट्सको बिक्रि सन्तोषजनक रहेको बताउँछन् । 

‘हामीले दिने सल्लाह तथा सेवाका कारण पनि हाम्रोमा ग्राहकहरु आउने क्रम बढेको छ,’ उनी भन्छन् ।