विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा,सम्मेलन गर्न रोक लगाएको छ।
विराटनगर १५ र १७ नम्बर वडामा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले बिहीबार(आज) एक सूचना जारी गर्दै भेला,सम्मेलन र धार्मिक गतिविधिमा रोक लगाएको हो।
बुधबार रामनवमीका अवसरमा निकालिएको र्यालीमा सहभागी दुई समूहबीच विवाद भएको थियो। विवाद चर्किदै गएपछि झडपको स्थिति सृजना भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।