सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन

न्युजलय १३ साउन २०८२, सोमबार ०८:३४ मा प्रकाशित

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना एकसाथ सम्पर्कविहीन भएका छन् । स्थानीय उर्मिला हायुको परिवार आइतबार रातिदेखि अचानक सम्पर्कविहीन भएको हो ।

हायु परिवारका १६ जना सदस्य आइतबार रातिदेखि अचानक सम्पर्कविहीन भएर गायब बनेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । अहिले हायु परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाले पनि अहिलेसम्म हायु परिवारका कोही पनि सदस्य नभेटिएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीले हायु परिवारको घरमा सामान्य तोडफोड गरे जस्तो देखिएको बताए । प्रहरीका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसी गोठमै अलपत्र छन् ।