काठमाडौं । नेपाली गायिका मेनुका पौडेलले गीत गाएर नै भारतीय दिग्गज गायकलाई भावुक बनाएकी छिन् ।
नेपाल आइडलमा सहभागी हुँदा खासै वास्ता नगरीएकी मेनुका पौडेलले शनिबार इन्डियन आइडलको १४औं सिजनमा गीत गाएपछि सुनेर जजहरु भावुक भए । श्रेया घोसाल गीत अवधिभर रोइरहिन् । अनि विशाल दद्लानी जस्तो खारिएका गायक पनि एकछिन त बोल्नै सकेनन् । अनि भक्कनिदै बोले । प्रसंशा गरे । भने, 'म जुन संगीतको पूजा गर्छु त्यो साक्षात् मेरो अगाडी छ ।'
मेनुकाले गोल्डेन माइक पाइन् । भजन गाउँदा गाउँदै पौडेल राष्ट्रिय अनि अन्तर्राष्ट्रिय गायन रियालिटी शोको मञ्चसम्म पुगेकी मेनुकाको गायिकी नेपाल आइडलमा भन्दा निखारिएको थियो ।