एजेन्सी । श्रीलंकाविरुद्धको टी–२० सिरिज अस्ट्रेलियाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । गएराति भएको दोस्रो खेलमा श्रीलंकालाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले एक खेल अगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।
दोस्रो खेलमा श्रीलंकाले दिएको १२५ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ले १७।५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । उसका लागि म्याथ्यू वेडले अविजित २६, कप्तान आरोन फिन्चले २४, डेविड वार्नरले २१, ग्लेन म्याक्सवेलले १९ र मिचेल मार्शले ११ रन बनाए ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले चार, नुवान तुषार र दुश्मन्था चामेराले एकरएक विकेट लिए । त्यसअघि कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाये । उसका लागि चारिथ असलंकाले ३९ र कुशल मेन्डिसले ३६ रन बनाए ।
अस्ट्रेलियाका लागि केन रिचर्डसनले सर्वाधिक चार, झय रिचडर्सनले तीन र ग्लेन म्याक्सवेलले एक विकेट लिए । श्रीलंका र अस्ट्रेलियालेबीचको तेस्रो तथा अन्तिम टी–२० शनिबार हुनेछ । पहिलो खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।