संखुवासभामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

न्युजलय ८ बैशाख २०८३, मङ्गलबार ०६:२२ मा प्रकाशित

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ फेकेदेमस्थित सुकेखोलामा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय सुवास राई र ४ वर्षीय आकाश राई रहेका छन् ।

प्रहरीका अनुसार सुकेखोलामा पौडी खेल्ने क्रममा ४ वर्षीय आकाश राई ढुंगाबाट चिप्लिएर खोलामा खसेपछि उनलाई बचाउन दाजु सुवास राई हामफालेका थिए । तर, दुवै जना खोलाको करिब १५ मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।

स्थानीय र प्रहरीले उद्धार गरी तत्काल सेदुवास्थित मकालु स्वास्थ्य केन्द्र पुर्‍याए पनि उपचारका क्रममा दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।