एजेन्सी । ठूलो लगानीसहित खेलाडी भित्र्याएको बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै घर फर्किएको छ । प्रमुख खेलाडी लियोनेल मेस्सीले क्लब छाडेको दोस्रो वर्ष पनि बार्सा समूह चरणबाटै बाहिरिएको हो।
बुधबार राति भएको खलेमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३–० ले पराजित भएसँगै बार्सा दोस्रो सिजन अन्तिम १६ मा पुग्न नसकेको हो ।
बार्यनका लागि खेलको दसौँ मिनेटमा साडियो माने, ३१ औँ मिनेटमा चुपो मोटिङ र खेलको अन्तिम समयमा बेन्जामिन पाभर्डले गोल गरेर ३–० को जित निकाल्न सफल भए।