विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ९२ जनामा कोरोना संक्रमण भएको छ ।
७ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
इटहरीमा ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो । प्रदेश १ मा आज १८२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।