स्पेनिस ला लिगामा गेटाफेमाथि बार्सिलोना विजयी

न्युजलय ९ माघ २०७९, सोमबार ०१:३१ मा प्रकाशित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३५ औं मिनेटमा बार्सिलोनाका लागि पेड्रीले निर्णायक गोल गरे । उनलाई राफिन्हाले पास दिएका थिए । यो सिजनका लागि पेड्रीको पाँचौं गोल हो ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १७ खेलमा ४४ अंक बनाएको छ । समान खेल खेलेको गेटाफे १६ औं स्थानमा छ ।