सोलुखुम्बुको लबुचेमा हेलिकोप्टर दुर्घटना

न्युजलय १३ कार्तिक २०८२, बुधबार ११:१३ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।

आज लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति नभएको बताइएको छ ।

हेलिकोप्टरमा पाइलटबाहेक यात्रु नरहेको र उनको अवस्था सकुशल रहेको प्रहरीले जनाएको छ ।