शेयर बजार साढे १४ अङ्कले घट्यो

न्युजलय १७ माघ २०७८, सोमबार ०३:२३ मा प्रकाशित

 काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से सोमवार(आज) भने घटेको छ । नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ७१ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, अन्य र लगानीबाहेक सबै समूहको शेयर घटेको छ । बीमा, उत्पादन र विकास बैंकको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।  

आज दुई सय २५ वटा कम्पनीको एक करोड एक लाख कित्ता शेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एचआईडीसीएलको ५७ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको शेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।