हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

न्युजलय १४ साउन २०८२, मङ्गलबार ०५:४८ मा प्रकाशित

गण्डकी ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट सम्पर्कविहीन भइ पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।

पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको बताइएको छ ।

उनीहरूलाई पोखरा–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो ।

धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन् ।