काठमाडौं । फागुनको २ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’ को टीजर सार्वजनिक भएको छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य दुई कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मा हाबी छन् ।
फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्म प्रेम दिवसको अवसर पारेर रिलिजमा आउन लागेको छ ।