काठमाडौँ । सरकारले यो वर्ष पनि बजेटमा खेलकुदलाई उपेक्षा गरेको छ । अघिल्लो वर्ष ०.१७ प्रतिशत बजेट पाएको युवा तथा खेलकुद मन्त्रालयका लागि यसपालि ०.१४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा आइतबार प्रस्तुत गरिएको बजेटमा आव २०७९÷८० का लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड विनियोजन गरिएको छ । अघिल्लो वर्षको तुलनामा २८ करोड घटेको हो । एक स्थानीय तह ः एक खेलग्राम कार्यक्रमलाई निरन्तरता दिएको, बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्रिकेट रंगशाला तथा खेलग्राम, खेल पूर्वाधारतर्फ ८७ करोड विनियोजन गरेको छ ।
खेलाडीलाई राष्ट्रका गौरव मान्ने सरकारले खेल क्षेत्रलाई बजेटमा उपेक्षा गरिएको खेलाडी र खेलप्रेमीहरुले गुनासो गरेका छन् ।