घट्यो सुनको मूल्य

न्युजलय ३१ भदौ २०७९, शुक्रबार ०५:०९ मा प्रकाशित

काठमाडौं । शुक्रबार (आज) सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ। 

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। 

शुक्रबार तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ४५ रुपैयाँ कायम भएको छ ।