रामधुनीमा गाडीको ठक्करबाट सफारी चालक महिलाको मृत्यु

न्युजलय ५ मङ्सिर २०८१, बुधबार ११:२२ मा प्रकाशित

इटहरी । सुनसरीको रामधुनीमा गाडीको ठक्करबाट सफारी चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो युपी १६ इके १९८९ नम्बरको भारतीय थार गाडीले प्रदेश १–०२००४ ह ४३१५ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा रामधुनी नगरपालिका–९ मर्चैयाकी अन्दाजी ३० वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीका अनुसार झुम्का बजार नजिकै क्षेत्रीय कृषि तालिम केन्द्र अगाडि दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ठक्कर दिने गाडी र चालक भारत विहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुदी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।