काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार(आज) दोहोरो अंकको बृद्धि भएको छ ।
आज नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन् । आज २ अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।