लिग टु क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

न्युजलय २९ असार २०७९, बुधबार ०२:५७ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।


नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

 

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३स्१५ बजे सुरु हुनेछ ।


पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल स्कटल्याण्डको सामना गर्दा दबाबमा हुनेछ ।