नवौं राष्ट्रिय खेलकुद सम्पन्न

न्युजलय ४ कार्तिक २०७९, शुक्रबार ०३:०२ मा प्रकाशित

पोखरा । नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको छ ।


पोखरा रंगशालामा भएको भव्य समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गरेका हुन् ।

 

प्रतियोगिता समापन गर्दै प्रधानमन्त्री देउवाले देशमा राजनीतिक स्थायित्व कायम भएसँगै अरु क्षेत्रसँग सँगै खेलकुदलाई पनि व्यवस्थित तवरल अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।


राष्ट्रिय खेलकुद लगायतका अन्य खेल प्रतियोगितालाई नियमित तवरमा आयोजना गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

 

सीमित श्रोत र साधानका बीच पनि नेपाली खेलाडीले हालसम्म प्राप्त गरेको उपलब्धी प्रशंसनीय रहेको भन्दै उनले खेलाडीलाई बीमा, मासिक वृत्ति तथा औषधिउपचार सुविधा दिन सरकारले गृहकार्य गरिरहेको देउवाले बताए ।


समापन समारोहमा प्रतियोगिताका दौरान मृत्यु भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो ।


यस्तै सहभागी टिमका खेलाडीले मार्चपास गरेका थिए । उद्घाटन समारोहको तुलनामा समापन समारोहमा स्थानीयबासिन्दाको उपस्थिति धेरै थियो ।