एम्बुलेन्स प्रयोग गरी गाँजा ओसारपोसार

न्युजलय २१ कार्तिक २०८२, बिहिबार १२:१४ मा प्रकाशित

मोरङ । मोरङको जहदा गाउँपालिका–३ बाट लागूऔषध गाँजा ओसारपोसारमा संलग्न एम्बुलेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जहदा गाउँपालिका–३ स्थितमा स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्सभित्र कालो रंगको झोलामा लुकाईछिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै ओसारपोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स सँगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।