गाई जलेर मरेपछि किसानले पाए बिमा बापतको रकम

न्युजलय ३ असार २०८१, सोमबार ०२:३१ मा प्रकाशित

सुनसरी । बिमा कम्पनीहरुले समयमा दाबि भुक्तानी नगरेको गुनासो आइरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित भुसकलुवामा दावी गरेको एक महिनामा नै पशु किसानलाइ दावी भुक्तानी गरिएको छ । 

इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक कार्यक्रममा बिमा कम्पनीले पिडित किसानलाइ दावी भुक्तानीको फाइल हस्तान्तरण गरेको हो ।

करिब एक महिना अघि स्थानिय डम्बरप्रसाद सुवेदीको गाइ गोठमा आगलाग भएको थियो । आगलागीमा गोठमा रहेका ११ वटा गाइ जलेर मरेका थिए । जस मध्ये ७ वटाको मात्र बिमा गरिएको थियो । सुवेदीले बिमाबापतकोे ५ लाख ३१ हजार रुपैया भुक्तानी आज प्राप्त गरेका छन् । 

गाइ पालक किसानको समस्या केहि हद सम्म भएपनी सम्बोधन होस भनेर यथासाक्य भुक्तानीको व्यवस्था गरेको विमा कम्पनी दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड इटहरी शाखाका प्रवन्धक गणेश श्रेष्ठ बताए । श्रेष्ठले किसानले पशुको मात्र हैन गोठको समेत बिमा गर्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै इटहरी ११ का वडा अध्यक्ष केशव प्रसाद कोइरालाले किसानले समयमा नै बिमा रकम प्राप्त गर्नु राम्रो पक्ष भएको बताए । स्थानिय सरकारले समेत किसानलाइ राहत हुने गरी अवको बजेटमा व्यवस्थाको पहल गर्ने बताए । 

कार्यक्रममा बोल्दै स्थानिय युवा चण्डि गौतमले समयमा नै पाएको भुक्तानीले किसानलाइ थप उर्जा मिल्ने बताए ।