प्रकाश सपूतको पहिलो फिल्म ‘परदेशी–२’ को गीत सार्वजनिक (भिडियोसहित)

न्युजलय १७ साउन २०७९, मङ्गलबार ०१:४० मा प्रकाशित

काठमाडौं । गायक, गीतकार तथा संगीतकार प्रकाश सपूतको डेब्यु फिल्म ‘परदेशी–२’   को पहिलो गीत सार्वजनिक भएको छ। 

फिल्मको ‘के वर मागी फर्क्यौ ’ बोलको गीत सार्वजनिक गरिएको हो। रमेश पौडेलको शब्द तथा नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ। 

नारायण रायमाझीको निर्देशनमा बनेको फिल्ममा प्रकाश र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा रोजगारीको लागि परदेश गएका युवाहरूको कथा रहेको छ। 

दशैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र केकी बाहेक वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय रहेको छ। 

फिल्म असोज १४ देखि प्रदर्शनमा आउँदै छ।