फिल्म ‘गणपति’ को गीत ‘उनभित्र गुण’ सार्वजनिक

न्युजलय १२ भदौ २०८०, मङ्गलबार १२:५० मा प्रकाशित

काठमाडौं । फिल्म ‘गणपति’ को गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सार्वजनिक भएको छ ।

बाबुल गिरीको स्वर र संगीत अनि शंकर अधिकारी ‘घायल’ को शब्द रहेको गीतमा अहिलेसम्म करिब सवा लाख टिकटक बनिसकेका छन् ।

फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल र निर्माता लक्ष्मण रिजाल हुन् । निर्देशक सबिनकै लेखन रहेको फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व।जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको कार्यकारी निर्मातामा विज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा बनिष शाह छन् ।

फिल्म यही भदौ १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ ।