काठमाडौ । सेयर बजारले उकालो यात्रालाई सोमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा देखिएको तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हो ।
सोमबार २७९ कम्पनीको ११ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सोमबार माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । यसअघि, होटल तथा पर्यटन समूह र बिमा समूहहरुमा लगानीकर्ता झुम्मिएका थिए ।