काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् ।
उनले गए राति १० बजेदेखि माइतीघर मण्डलामा अनसन सुरु गरेका हुन् ।
जेनजी अभियन्ता अजय सोडारीका अनुसार, जेनजीको भावनाअनुसार काम नगरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनले अनसन सुरु बताए ।
तीन दिनदेखि ‘गरी खान देउm’ अभियानका संयोजक मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलन हुँदै आएको छ । सो आन्दोलनमा भुसालले समर्थन गरेका थिए ।