नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०१:२४ मा प्रकाशित

काठमाडौं । १९ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हराएको छ । बङ्गलादेशको ढाकामा आज बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो । 


नेपालका लागि रश्मीकुमारी घिसिङले दुई तथा सविता राना मगर, मेनुकाकुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एकरएक गोल गरे । 


श्रीलङ्कालाई हराएसँगै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको छ । जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा नेपालले बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । 


श्रीलङ्काको यो लगातार तेस्रो हार हो । श्रीलङ्का अङ्कविहीन छ । यसअघिका खेलमा श्रीलङ्का, भुटान र भारतसँग पराजित भएको थियो । 


नेपालले अब आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग खेल्नेछ ।