झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी

न्युजलय २७ भदौ २०८१, बिहिबार ०१:२६ मा प्रकाशित

झापा । झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी परेका छन् । 

झापाको अर्जुनधारा नगरपालिका–९ मा उनीहरु बिरामी परेका हुन् । स्थानीय रिता निरौलाको घरमा बुधबार सत्यनारायणको पूजा लगाइएको थियो । सोही पूजाको प्रसाद खाँदा स्थानीयका साथै पाहुनासमेत बिरामी परेको बताइएको छ ।

बिरामीमध्ये अधिकांशमा पखाला, ज्वरो र बान्ता भएको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।