सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका ५ की ४५ वर्षीया मनमाया तामाङको हत्यामा उनकै श्रीमानको संलग्नता रहेको पुष्टि भएको छ ।
मनमायाको हत्या उनका आफ्नै श्रीमान ५० वर्षीय पदमबहादुर तामाङले गरेको पुष्टि भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
बुधबार राति श्रीमतीको हत्या गरेर पदमबहादुर फरार बनेका थिए । उनलाई प्रहरीले सुन्दरहरैँचा ५ स्थित बूढी खोला किनारबाट शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीले सोधपुछ गर्दा श्रीमतीको हत्या आफैंले गरेको उनले स्वीकार गरेका छन् ।
मादक पदार्थ सेवन गरेका पदमबहादुरले सामान्य विवादमा बाँसले हिर्काएर मनमायाको हत्या गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।