काठमाडौं । पर्सामा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा घोषणा गरेको आन्दोलनका कारण मंगलवार देशभरका अधिकांश सरकारी, गैरसरकारी तथा निजी अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ ।
संघको आह्वानअनुसार आकस्मिक ९इमर्जेन्सी० सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा स्थगित गरिएका हो ।
संघले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दै गएको हिंसा र असुरक्षाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको थियो ।
चिकित्सकको सुरक्षा सुनिश्चित गर्ने, दोषीमाथि तत्काल कानुनी कारबाही गर्ने तथा स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सुरक्षित बनाउने माग राख्दै सेवा बहिष्कारको कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ ।
आन्दोलनका कारण नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श, शल्यक्रिया, ओपीडी सेवा, फलोअप तथा अन्य गैरआकस्मिक उपचार सेवा प्रभावित भएका छन्।