ताप्लेजुङ । ताप्लेजुङमा पेस्तोल ताकेर ज्यान मार्ने उद्योग गरी फरार रहेका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका –४ साँवाका ३३ बर्षिय कमल लिम्बू रहेका छन् । लिम्बूको साथबाट प्रहरीले म्यागजिन सहितको पेस्तोल १ थान र गोली २ थान तथा दाप सहितको खुकुरी १ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
अभियुक्त कमलले मेरिङ्देन गाउँपालिका खोजुङ्वा बस्ने २६ बर्षिय बिनोद नाल्बो लिम्बूलाइ कञ्चटमा हातहतियार पेस्तोल ताकी फरार रहेको अभियोग लागेको छ ।