बढ्यो सुनचाँदीको मूल्य

न्युजलय २५ असोज २०८३, आइतबार ११:३१ मा प्रकाशित

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । 

आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ । 

यस्तै, आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ रहेको महासंघले जनाएको छ ।