काठमाडौँ । भारतको तमिलनाडुमा भारी वर्षाको सम्भावनाका कारण धेरै जिल्लामा रेड अलर्ट जारी गरिएको छ । प्रशासनले चेन्नई र वरपरका जिल्लाका विद्यालयहरू बन्द गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण–पश्चिममा रहेको चापीय प्रणाली गहिरो भएकाले फेङ्गल नामको आँधी बन्ने सम्भावना रहेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार बुधबार यो दबाब उत्तरपश्चिमतर्फ सरेर चक्रवातको रूप लिन सक्ने सम्भावना छ ।
तमिलनाडु र आसपासमा बिहीबारसम्म वर्षा जारी रहनेछ। अहिले चेन्नईमा लगातार पानी परिरहेको छ ।