काठमाडौं । सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० वुमन्स च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल फेब्रुअरी ३ मा हुनेछ । त्यही दिन भारत र भुटानबीच पनि खेल हुनेछ ।
च्याम्पियनसिपमा नेपाल, बंगलादेशसहित भारत र भुटान गरी चार टिमको सहभागिता छ । नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ ।