काठमाडौं । मंगलबार(आज) सुनको भाउ १०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँ कायम भएको छ ।