मोरङमा चट्याङ लागेर बालिकाको मृत्यु

न्युजलय ५ असार २०८१, बुधबार ०१:३४ मा प्रकाशित

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–४ मा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँमा १६ वर्षीया विपना महतो रहेकी छन् । 

मंगलबार बेलुका आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर विपना घाइते भएकी थिइन् । उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।