काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टोलीका सदस्य लाल मोहर यादव र नागेश्वर थारुले भारतमा हुने प्रो कबड्डी लिग खेल्ने भएका छन् ।
कबड्डीको फ्रेन्चाइज लिग प्रो कबड्डीको नयाँ सिजनका लागि अक्सनबाट लाल र नागेश्वर बिक्रि भएका हुन् । उनीहरूलाई बैंगलुरु बुल्सले अनुबन्ध गरेको छ ।
अक्सनको सी श्रेणीमा रहेका लाल र नागेश्वरलाई बैंगलुरुले समान १०/१० लाख भारुमा भित्राएको हो ।
लालले यस अघि पनि बैंगलुरुबाट खेलिसकेका थिए । यस्तै अघिल्लो सिजन नेपालका संजय श्रेष्ठले पनि बैंगलुरुबाट खेलेका थिए ।