प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी र गण्डकी प्रदेशको जीत

न्युजलय ६ पुस २०८०, शुक्रबार ०८:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश र गण्डकी प्रदेशले जित निकालेका छन्।

शुक्रबार कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले वाग्मती प्रदेशलाई आठ विकेटले हरायो। वाग्मतीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य कोशीले १८.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।

जितसँगै दुई खेलबाट चार अंक जोडेको कोशी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट दुई अंकको वाग्मती पाँचौँ स्थानमा छ।

शुक्रबारै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेश विरुद्ध ४४ रनको जित दर्ता गर्यो।

गण्डकीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रन मात्र जोड्न सक्यो।

प्रतियोगितामा पहिलो जित निकालेको गण्डकी दुई खेलबाट दुई अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेल खेल्दा पनि अंकविहीन कर्णाली पुछारमा छ।

बिहीबारदेखि सुरु प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ।