काठमाडौँ । जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट मुत्यु हुनेको संख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
यस वर्ष जापानिज इन्सेफ्लाइटिस संक्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो । जापानिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ ।