काठमाडौं । अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका छन्।
बिहीबार(आज) बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि षड्यन्त्र भएको भन्दै दोषी ठहरिए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका हुन्।
शाहले आफ्नै नजिकका साथीहरूबाट यस्तो षड्यन्त्र भएको भन्दै उनीहरूको नाम समेत उल्लेख गरेका छन् । साथै उनले आफूलाई फसाउन गरेको षड्यन्त्रको अडियो क्लिप समेत सार्वजनिक गरेका छन् ।