आज २३ फाल्गुण २०८२ शनिवारको राशिफल

न्युजलय २३ फाल्गुण २०८२, शनिवार १२:२३ मा प्रकाशित

मेष । आयमा वृद्धि हुनेछ। आफन्तहरूसँग मनमुटाव हुन सक्ला। कार्यक्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। कानुन विपरीत कुनै पनि कार्य नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

वृष । कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। लामो समयदेखि चलिरहेको सम्पत्ति सम्बन्धित विवाद सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन । सबैको सल्लाहले निर्णय लिनुहोला। सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। शुभचिन्तकबाट सोचेजस्तो सहयोग र साथ नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट । व्यापार व्यवसायमा नयाँ कामको सुरुवात हुनेछ। राज्य पक्षबाट शुभ समाचार सुन्न पाउनुहुनेछ। सकारात्मक रहनुहोस् मुद्दा मामिलामा सफलता पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

सिंह । धर्मकर्ममा रुचि बढ्नुका साथै आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। फजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कन्या । सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। शेयर बजारबाट लाभ मिल्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

तुला । नोकरी वा पेशामा पदोन्नतिका योग छन्। आयस्रोत बढ्नेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्लान सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक । कार्यक्षेत्रमा गोप्य सूचनाहरू सार्वजनिक नगर्नुहोला। सन्तानको मन प्रसन्न रहनेछ। विद्यार्थीहरूको अध्ययनमा मन लाग्नेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ ।

धनु । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेमा शुभचिन्तकहरूको साथ मिल्नेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि पाउन संघर्ष गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर । प्रेम र मित्रताको बन्धन कसिनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ । अवसरवादीहरूले अवसरको फाइदा उठाउन चेष्टा गर्लान्। आज गरेको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। स्वास्थ्य प्रतिकूल रहनाले खानपानमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मीन । सामान्य कार्यमा पनि धेरै धन वा श्रम खर्च गर्नुपर्ला। प्रतिकूल परिस्थिति भएता पनि लक्ष्यको प्राप्ति हुनेछ। भाग्यको साथ मिल्नेछ। धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

स्रोत हाम्रोपात्रो