काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गतको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले हारेको हो । गएराति कुवेतमा भएको खेलमा नेपालले पहिलो हाफसम्मा ०–० को बराबरी खेलेको थियो । पहिलो हाफमै जोर्डनले पेनाल्टी पाएको थियो । तर नेपालका गोल किपर दीप कार्कीले बचाएका थिए ।
खेलको दोस्रो हाफको ६९ औं मिनेटमा जोर्डनले पहिलो गोल गरेको थियो । जोर्डनका लागि अलि ओल्वानले पहिलो गोल गरेका हुन् ।
त्यस्तै खेलको ८२ औं मिनेटमा जोर्डनका हम्जा अल दार्दरले अर्को गोल पेनाल्टी मार्फत गरेका थिए । जोर्डनले पाएको दोस्रो पेनाल्टी सही सदुपयोग हुँदा नेपालले २ – ० गोलको स्थिति पुगेको थियो ।
हारसँगै नेपाल अंक तालिकाको पुछारमा अन्तिममा रहेको छ ।