सुनसरी । प्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीकाअनुसार आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो ।
ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्यूसेक पानी बगिरहेको छ ।
आइतबार बिहान ७ बजेर ३० मिनेटमा कोशी कन्ट्रोल कक्षले गरेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४२ हजार ५ सय २० क्युसेक थियो ।
पानीको वहान निरन्तर वढ्न थालेपछि कोशीको पुलमा रातो वत्ति बालिएको छ भने खतरको संकेत गर्दै रातो झण्डा समेत राखिएको छ ।
कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भएसगै कोशी आसपासका क्षेत्रका वासिन्दालाइ सर्तक रहन स्थानिय प्रशासनले आग्रह समेत गरेको छ ।