काठमाडौँ । शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजा कोठाहरूमा नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
आठ वटा हात भएकी यी अष्टभूजा देवीको वाहन सिंह हो । यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौँ हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ ।
देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुई वटा घडा समेत लिएकी छन् । यिनको भक्तिपूर्वक पूजा(आराधना गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुने विश्वास गरिन्छ ।
कुष्माण्डा देवीलाई कुभिण्डोको बलि प्रिय लाग्ने गर्दछ । संस्कृतमा कुभिण्डोलाई ुकुष्माण्डाु भनिने र यसलाई देवीको प्रतीक मानेर शक्ति पीठहरूमा विधिपूर्वक पूजा तथा बलि चढाउने परम्परा रहेको छ । साथै, यस दिन देवीलाई मालपुवा प्रसादका रूपमा चढाउने, दान गर्ने र ग्रहण गर्ने चलन छ, जसबाट बुद्धिको विकास हुने शास्त्रीय मान्यता छ ।