निहिता र सकुन्तलालाई नभेटी फ्रान्स गए चार्ल्स शोभराज

न्युजलय ९ पुस २०७९, शनिवार ०७:५४ मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय कुख्यात अपराधनी चार्ल्स शोभराज श्रीमती निहिता विश्वासलाई नभेटि फ्रान्स गएका छन् । १९ जर्षपछि जेलमुक्त भएका शोभराजले निहिता र उनकी आमा सकुन्तलालाई भेट्न मानेनन् ।

 

निहिता त शोभराजसँगै फ्रान्स जानसमेत तयार थिइन् । तर, शोभराजले उनीहरूलाई भेट्न मानेनन् । शोभराजलाई भेट्न निहिता र सकुन्तला अध्यागमन विभाग पुगेका थिए । तर, उनीहरूले शोभराजलाई भेट्न पाएनन् ।


जेलमै हुँदा २०६५ असोजमा आफूभन्दा ४५ वर्ष जेठा कैदीसँग जेलमै बिहे गरेकी निहितालाई शोभराजले शुक्रबार भेट्नसमेत मानेनन् ।


सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका बेला शोभराजसँग बिहे गर्दा निहिता विश्वास २० वर्षकी थिइन् । शोभराज त्यतिबेला ६४ वर्षका थिए। अहिले उनी ७७ नाघेपछि सजाय छुट पाए । निहिता ३५ वर्षकी भइसकेकी छन् ।


उनी नेपालमा १९ वर्ष लामो जेल जीवन बिताएपछि डिपोर्ट भएर फ्रान्सतिर लागेका छन् । उनलाई शुक्रबार साँझ ६ बजेको कतार एयरवेजको उडानबाट दोहातर्फ पठाइएको छ। त्यहाँबाट उनी शनिबर बिहान फ्रान्सको पेरिसमा अवतरण गर्नेछन् ।