काठमाडौँ । क्रिस्टियानो रोनाल्डोबिनाको म्यानचेस्टरले इंग्लिस प्रिमियर लिगमा मंगलबार प्रभावशाली जित निकालेको छ । म्यानचेस्टरले नटिङ्घम फरेस्टलाई सजिलै ३–० ले हराएको हो ।
म्यानचेस्टरले पोर्चुगाली खेलाडी रोनाल्डोसँगको सम्झौता नवीकरण नगरेपछि म्यानचेस्टरमा अहिले रोनाल्डो छैनन् । उनी विनाको टिमले राम्रो प्रदर्शन गरिरहेको छ । एरिन टेन हागको नेतृत्वमा म्यानचेस्टर लयमा देखिएको छ ।
फरेस्टमाथिको जितमा भने मार्कस रसफोर्डले एक गोल गरे र अर्को गोलमा अवसर सिर्जना गरे । उनको पासमा एन्टोनी मार्सियलले गोल गरेका हुन् । तेस्रो गोल फ्रेडको नाममा रह्यो ।
यो जितपछि म्यानचेस्टरको २९ अंकसहित पाँचौं स्थानमा छ । मंगलबारको अर्को खेलमा चेल्सीले बर्नमाउथलाई २–० ले हरायो । यो नतिजापछि चेल्सीको २४ अंकसहित आठौं स्थानमा छ ।