काठमाडौ । थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले असार ५ गते मंगलबारदेखि सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता निष्कासन गरिसकेको छ ।
अहिले निष्कासन गर्न लागेकोमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता छुट्याइएको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।