कलाकार जोडी सविन र अनु बने बुवाआमा

न्युजलय १३ असोज २०८३, मङ्गलबार ०३:२८ मा प्रकाशित

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बुवाआमा बनेका छन्। अनुले मंगलबार  छोरालाई जन्म दिएकी हुन्। 

पहिलोपटक बुवा बनेका सविनले सामाजिक सञ्जालमार्फत खुसी साटेका छन्।

लामो समयदेखिको प्रेम सम्बन्धलाई सविन र अनुले गतवर्ष विवाहमा परिणत गरेका थिए।