काठमाडौँ । बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.८१ अंकले बढेर परिसुचक २७५५ मा कायम भएको छ ।
आज १ करोड ७१ कित्ता सेयर किनबेच हुदा ९ अर्ब ३१ करोडको कारोबार भएको छ ।
कारोबारमा आएका १९९ कम्पनीको सेयर बढेको छ भने ५० कम्पनीको सेयर घटेको छ । यस्तै ५ कम्पनीको सेयर स्थिर रह्यो ।
कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्टक्चरले सर्वाधिक ३४ करोडको कारोबार गर्यो भने जानकी फाइनान्स,पीपुल्स हाइड्रो, सप्तकोसी डेप्लजमेन्ट बैक अगाडि रहे ।