विश्वकप फुटबलमा आज पनि चार खेल हुँदै

न्युजलय १६ मङ्सिर २०७९, शुक्रबार ०१:५९ मा प्रकाशित

काठमाडौं । विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । शुक्रबार समूह ‘एच’ र समूह ‘जी’का दुई–दुई खेल हुन लागेका हुन् ।


पहिलो खेल समूह ‘एच’अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्नेछन् । यी खेल नेपाली समय अनुसार शुक्रबार साँझ ८ः४५ बजे सुरु हुनेछन् ।


यो समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ ।


यस्तै दोस्रो खेल अन्तर्गत समूह ‘जी’बाट सर्बिया र स्वीट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिल खेल्नेछन् । यो खेला राति १२ः४५ बजे सुरु हुँदैछन् ।


यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । अरु तीन टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेका छन् ।