इटहरी । इटहरी रंगशालामा सञ्चालन भएको प्रदेश १ स्तरीय डबल सेपाकताक्रो खेलको उपाधि संखुवासभाले जितेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सोमबार भएको प्रदेश एकको छनौट खेलमा सोझो सेटमा भोजपुर, सुनसरी र झापालाई पछि परेदै संखुवासभाले जित हासिल गरेको हो ।
त्यसैगरि भोजपुर र झापालाई पछि पार्दै सुनसरीले दोस्रो स्थान हासिल गरेको छ । यता भोजपुरलाई पराजित गर्दै झापा तेस्रो भएको छ ।
प्रदेश १ का चार जिल्लामा खेलाडी सहभागी रहेको सेपाकताक्रोमा क्वाड ईभेन्ट खेलमा सुनसरी र झापालाई पराजित गर्दै संखुवासभा प्रथम हुन सफल भएको हो ।
पुरुषतर्फको रेगुलर ईभेन्ट र महिलातर्फको क्वाट ईभेन्ट, रेगु ईभेन्ट मंगलबार हुने आयोजक प्रदेश १ खेलकुद विकास बोर्डले जनाएको छ ।
खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग कार्कीले खेलको उद्घाटन गरेकी थिइन् ।